कञ्चनपुर – कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि उनीसँगै अस्पताल आएका युवक फरार भएका छन् ।
शुक्रबार बिहान अस्पतालमा पुर्याईएकी २० वर्षिया युवतीको उपचारका क्रममा मृत्यु भएपछि उनलाई अस्पताल ल्याउने युवक फरार भएका हुन् ।
विषाक्त सेवन गरेकी ती युवतीको अस्पताल ल्याएको तीन घण्टामै मृत्यु भएपछि घरमा आफन्तलाई बोलाउन गएका युवक फर्केर नआउँदा युवतीको शव अस्पतालमै अलपत्र परेको छ ।
अस्पतालको बिरामी नाम दर्ता कितावमा मृतक युवतीको नाम शान्ति बम लेखिएको छ भने उनलाई अस्पतालमा उपचारका लागि ल्याउने युवक सुडा गाविस ८ गाउजीका केशव बम भएको उल्लेख छ ।
रासस