अर्घाखाँचीको अर्घामा राजनीतिक दलहरुको विशाल सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) – अर्घाखाँचीको मसुर पाटामा  माओवादी  र राष्ट्रिय जनमोर्चाको विशाल सभा एवम सास्कृतिक कार्यक्रम सम्पन्न भएका  छन् माओवादीको   कार्यक्रममा माओवादीका सभासद तथा केन्दिय सदस्य टोप बहादुर रायमाझी ,सन्तोश बुढा मगर, हिमकला गैरे र यसैगरि चन्द्र बहादुर खड्काले कार्यक्रम्मको अध्क्षयको आसन ग्रहण गर्नु भएको थियो र केन्दिय र जिल्लाका नेताहरुले देशको समसामहिक राजनितिक विषयमा जनसभामा प्रकाश पार्नुभएको थियो । 

 

 

 

उक्क्त माओवादी जनसभा कार्यक्रमको सन्चालन ठाकुर विकले  गर्नु भएको थियो र बिचबिचमा कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो  र माओवादी नेता टोप बहादुर रायमाझीले जिल्लाको बिकासको बारेमा चर्चा गर्नु भएको थियो । 

 

 


 

यसैक्रममा उहाँले अर्घाको मसुर पाटामा अन्तरराष्ट्रियस्तर तुर्न्न मेन्टखेलको स्टुडियम बनाउनसके खेल सन्चालन गर्न सकिने कुरा बताउनु भएको थियो। निकट भविस्यमा आफ्नो पार्टीले सरकारको नेतुत्व गरेमा  सो काम सजिलै गर्न सकिने बताउनु भएको थियो। कार्यक्रममा उहाँले प्याराग्लाइडिङमा सहभागीहरुलाई फुलमालाले स्वागत गर्नु भएको थियो।

 


 

यसैगरि  रानीगैरामा राष्ट्रिय जनमोर्चाको सभामा राजमो  केन्द्रिय अध्यक्ष चित्र बहादुर के.सी, सभासद तथा केन्द्रिय उपादक्ष्य शन्तबहादुर नेपाली, सागर के.सी, भारतबाट आएका नेता नरेन्द्र थापाले सम्बोधन गर्नु भएको थियो। रानीगैरामा भएको उक्तसभाको सन्चालन झुपलाल थापाले गर्नु भएको थियो र अध्यक्षको आसन ग्रहण शेर बहादुर बिसीले गर्नु भएको थियो। 
 




सभाको बिच-बिचमा रक्तिमको कार्यक्रम र  प्रस्तुती हेर्न हजारौंको सन्ख्यामा दर्शकको उपस्तिथी रहेको थियो। सभा  चित्र बहादुर के.सीले संघियताले देश बर्बादीको दिशामा उन्मुख भएको पार्टीहरुले समयमै नसोचे देशको हालत बर्बादी हुनेमा ठोकुवा गर्नु भएको थियो,  त्यसैले जनमोर्चाले संघियता विरोधको आन्दोलन गरेको र पछील्लो समयमा जनमोर्चाको यस अभियानको लागि जनसमर्थ बढदै गएको कुरा र यदि यस्तै भएमा फेरि पंचायत फर्कन सक्ने र यसको लागि सबै जनता सचेत हुनुपर्नेमा जोड दिनु थियो।

 

 


 

यसैगरि अर्घा मैदानमा नयाँ राष्ट्रिय जनमोर्चा नेपालको  सभा गरेको थियो । उक्त सभामा पार्टीका महासचिव डिलाराम आचार्यले सम्बोधन गर्नुभएको थियो। उहाले पार्टीले एक्सन ल्याए पनि आफुलाई कुनै नराम्रो नलागेको र आजको स्तिथीमा सबै मिलेर जानु पर्ने अनी आफुले मोहन विक्रम सिंहलाई अहिले पनि सम्मान गर्ने धारणा राख्नु भएको थियो।

 


 





अन्य सम्पूर्ण तस्बिरहरु तस्बिर पेजमा गएर हेर्न सकिनेछ ।


अन्य समाचारहरु