एच वान एन वान भायरस परिवर्तन भएको छ भनेर डब्लु एच ओको भनाइ

विश्व स्वास्थ्य संगठनले हाल प्रकाशित गरेको प्रतिवेदनका अनुसार, गत वर्षको अप्रील महिनादेखि विश्वव्यापी फैलिएको एच वान एन वान भायरस परिवर्तन हुन थालेको छ। परिवर्तन भएको नयाँ भायरस अस्ट्रेलिया, न्यू- जिल्याण्ड र सिङ्गापुरमा देखिएको कुरा पनि प्रतिवेदनमा जानकारी दिइएको छ।

      साथै उक्त प्रतिवेदनका अनुसार, उक्त नयाँ भायरस घातक होला, भ्याक्सिन लगाइएको मानिसलाई अझै पनि नयाँ भायरस लागेको सम्भावना छ। नयाँ भायरसका लागि वर्तमानको भ्याक्सिन प्रभावी छ कि छैन भन्ने कुरा थाहा पाउनका लागि प्रतिवेदनले सम्बन्धित अध्ययनकर्तालाई आग्रह गरेको छ।

      सरुवा रुघाको भायरस सधैँ नै परिवर्तन भएकोले हरेक वर्ष नयाँ भ्यक्सिन लगाउन चाहिने कुरा पनि उक्त प्रतिवेदनमा बताइएको छ।