रोजर फेडरर स्टोकहोल्म ओपन टेनिसको उपाधि जित्न सफल भएका छन्। जर्मनीका फलोरियन मायरलाई हराउँदै उपाधि जितेपछि सोह्र ग्रा48डस्लाम विजेता फेडरर पिट सम्प्रासले जत्तिकै करियरको चौंसट्ठीऔं टाइटल जित्न सफल भएका छन्।
सम्प्रासको करियर टाइटल बरावरी गर्ने क्रममा स्वीस फेडररले विश्व वरियताका क्रममा सत्चालिसौं स्थानमा रहेका मायरलाई छ चार र छ तीनको सोझो सेटमा पराजित गरे।
फेडररको यो यस सिजनको तेस्रो उपाधि हो। फेडररले स्टोकहोल्मको उपाधि जित्दा मार्केस बगडाटिसलाई हराउँदै भिक्टर ट्रोएस्कीले क्रेमलिन कपको उपाधि जितेका छन्। महिलातर्फ भिक्टोरिया उपाधिमाथि कब्जा जमाउन सफल रहिन्।