अर्घाखाँची: पत्रकारिता पुरस्कार स्थापना

वीरेन्द्र केसी

 

अर्घाखाँची – नेपाल प्रेस यूनियनले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको नाममा जिल्लामा उत्कृष्ठ पत्रकारिता पुरस्कार स्थापना गरिको छ । 

 

कोईरालाको स्मृतिको अवसरमा प्रत्येक वर्ष दिईने पुरस्कारको राशी पाँच हजार र कदरपत्र रहेको छ । जिल्लाका सम्पुर्ण विषयवस्तुहरुलाई समेटेर उत्कृठ समाचार लेख्ने एक जना पत्रकारलाई उक्त पुरस्कारले सम्मान गरिने यूनियनका जिल्ला अध्यक्ष सुर्य प्रसाद भुसालले बताए । 

 

जिल्लामा पत्रकारिता पुरस्कार स्थापना गरेको यो पहिलो हो । यस अघि कसैले पनि पत्रकारिता पुरस्कार स्थापना गरेका थिएनन् । जिल्लाको विकास निर्माण र खोजी समाचार लेख्ने पत्रकारलाई प्राथमिकता दिईने उनले बताए । कोईरालाको योगदानलाई चर्चा र सम्झना स्वरुप उक्त पुरस्कार राखिएको हो । 

 

प्रेस यूनियनको सन्धिखर्कमा बसेको बैठकको निर्णयले नेपाल पत्रकार महासघमा ठेकेदार पत्रकारिता पेशा भन्दा बाहिरका व्यक्ति र दलका जिल्ला नेतृत्वमा बसेका नेतालाई सदस्यता दिई जिम्मेवार पदमा राखेकोमा हटाउन माग गर्दै महासघमा पेशेवर पत्रकार मात्र समेटनुपर्ने माग गरेको छ ।

 

साथै यूनियनमा कोष स्थापना गर्नको लागि दिपावलीको अवसरमा सन्धिखर्क लगायतका स्थानमा देउसी भैलो खेल्ने निर्णय समेत गरेको छ ।

अन्य समाचारहरु