इराकको उच्च अदालतले पूर्व इराकी शासक सद्धाम हुसैनका प्रमुख सहायक तथा तत्कालिन विदेशमन्त्री तारिक अजिजलाई मृत्यु दण्डको सजाय सुनाएको छ।
सद्धाम हुसैनको शासनकालमा अजिज इराकको विदेश मामलाका प्रमुख ब्यक्ती रहँदै आएका थिए। अजिजविरुद्ध सन् उन्नाइ सय नब्बेको दशकमा इराकमा सियाहरुको आन्दोलनमा दमन गरेको लगायतका मुद्धा लगाइएको थियो।
इराकले कुबेतमाथि गरेको आक्रमण, खाडी युद्ध तथा इराकमाथि राष्ट्रसंघीय हतियार निरिक्षणमा परेको समयमा अजिज सरकारको विदेशनीतिका प्रमुख शुत्राधार रहेका थिए। सन् दुई हजार तीनमा उनले अमेरिकी तथा उसका सहयोगीहरुको संभावित इराकमाथिको आक्रमण रोक्ने प्रयासमा पोप जोन पल द्वितीयलाई पनि भेटेका थिए।
अजिजले इराक आक्रमणपछि अमेरिकी सेना समक्ष आत्मसमर्पण गरेका थिए।