– वीरेन्द्र केसी
अर्घाखाँची – सरकारी कार्यालयका ३० जना कर्मचारी छडकेमा परेका छन । जिल्ला प्रशासन कार्यालयले बुधवार गरेको अनुगमनमा जिल्लाका २३ कार्यालयका ३० जना कर्मचारी कारवाहीमा परेका छन ।
सरकारी कार्यालयका अधिकृत स्तरका ९ सहायक नासु लगायत २१ जना कर्मचारी कार्यालयमा समयमै अनुपस्थित रहेको भेटिएको प्रशासनले जनाएको छ । ढिलो गरी कार्यालयमा आउने र जनताको काम छिटोछरितो गर्न छाडेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको हो ।
कारवाहीमा पर्नेमा नापी कार्यालय प्रमुख देवेन्द्रनाथ यादव जिविसका योजना अधिकृत धु्रव गिरी जिशिअ विष्णु बहादुर द्धारे सिचाई कार्यालयका ईन्जिनियर लगायत कार्यालय प्रमुख सहित ९ अधिकृत कर्मचारी रहेका छन ।
प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीका अनुसार अधिकाश कर्मचारी दसै विदामा घर गएका कार्यालयमा हाजिर नभएको भेटिएको छ । उनीहरुलाई निजामती ऐन अनुसार कारवाही र स्पष्टीकरण सोधिने गिरिले बताए ।