संयुक्त राष्ट्र संघीय महाधिवेशनले हिजो निर्णय पारित गरी अमेरिकाले क्युवालाई गरेको आधा शताब्द्धिको आर्थिक,व्यापारिक,बित्तिय नाकाबन्दी छिटो बन्द गर्न आग्रह गरेको छ। साथै युरोपेली संघ, सतहत्तर मुलुक समुह आदि अन्तर्राष्ट्रिय संगठन तथा भेनेजुएला, क्यूबा आदि मुलुकका प्रतिनिधिले हिजो छबीस तारिख संयुक्त राष्ट्र संघको महाधिवेशनको बैठकमा क्यूबा माथिको नाकाबन्दी रोक्नका लागि अमेरिकालाई कडा ताकिता गरेका थिए।
यस निर्णयअनुसार अमेरिकाले क्युबामाथि नाकाबन्दी गर्नु कुनै पनि कानूनी आधार रहेको छैन। दीर्घकालको नाकाबन्दीले क्युबाका जनताको स्वास्थ्य तथा अन्नपात आदी धेरै पक्षमा हानी ल्याएको देखिन्छ। यसअघि संयुक्त राष्ट्र संघीय महाधिवेशनले धेरै पटक अमेरिकालाई उक्त नाकाबन्दी हटाउन आग्रह गरेको थियो। तर अमेरिकाले निरन्तर रुपमा नाकाबन्दी लगाइ रहेको छ। अमेरिकाको उक्त गतिविधिले गम्भीर रुपमा क्युवीयन जनताको बाँच्ने अधिकार हनन् गरेको छ।
संयुक्त राष्ट्र संघका लागि बेल्जियमका प्रतिनिधि जोन क्राउल्सले युरोपेली संघले बाहृ्य ऐनको विरोध गरी अमेरिकाले नाकाबन्दी चलाइएको कदमबाट युरोपेली संघ र क्यूबाबीचको आर्थिक सम्बन्धमा प्रभाव परेको कुराको स्वीकार गरेका थिए।
संयुक्त राष्ट्र संघका लागि बेल्जियमका प्रतिनिधि जोन क्राउल्सले युरोपेली संघले बाहृ्य ऐनको विरोध गरी अमेरिकाले नाकाबन्दी चलाइएको कदमबाट युरोपेली संघ र क्यूबाबीचको आर्थिक सम्बन्धमा प्रभाव परेको कुराको स्वीकार गरेका थिए।
संयुक्त राष्ट्र संघका लागि यमनका उप-प्रतिनिधि अब्दुलाह अलि फादेह अल सादिले सतहत्तर मुलुक समूहको तर्फबाट बोल्दै अमेरिकाको नाकाबन्दी र संयुक्त राष्ट्र संघको संविधान तथा अन्तर्राष्ट्रिय ऐनबीच विपरित भएको छ, सतहत्तर मुलुक समूहले बाहृ्य ऐन र अरु कुनै किसिमको आक्रामक आर्थिक कदमको कडा विरोध गरेको कुरा व्यक्त गरेका थिए।