अर्घाखाँचीमा विद्यार्थीले सहकारी खोलेर गरे आम्दानी

अर्घाखाँची डट्कम् -रोजगारीका लागि युवाहरु  विदेशमा भौतारिदै  गर्दा जिल्लाको सदरमुकाम सन्धिखर्कमा अध्ययनरत युवाहरुले ले भने अध्ययन सँगसँगै सहकारी खोलेर राम्रो आम्दानी गर्न थालेका छन् ।


चार महिना पहिले युवा स्वरोजगार कृषि तथा पशु सहकारी संस्था लिमिटेडको स्थापना गरेर कुखुरा तथा बंगुर पालन गर्न थालेका युवाहरु छोंटो अवधिमै मनग्य आम्दानी गर्न पाउँदा निकै खुशी भएका छन् ।
 
सन्धिखर्क ९ को भद्रीखोला बिरौटामा १० रोपनी जग्गा भाडामा लिएका युवाहरुले २ वटा टहरा बनाएर एक हजार कुखुरा पालन गर्नुका साथै २४ वटा उन्नत जानका बंगुर समेत पाल्दै आएका छन् । युवाले बाँझो खेतमा लगाएको तरकारी खेतीबाट पनि आम्दानी लिन थालेका छन् ।


उनीहरुको कृषि फर्ममा आलु,गोभी,काउली,गोलभेंडा,साग,मुला,सीमि,खुसा्रनीलगायतका तरकारी लटरम्म फलेको देख्न पाइन्छ ।  कुखुराको मलबाट राम्रो तरकारी खेती गरेका उनीहहुले माछापालनबाट पनि आम्दानी लिन एउटा पोखरीमा माछा समेत पाल्न थालेका छन् । बंगुरको मल माछाको लागि राम्रो आहार हुने भएकोले आफूहरु  माछा पालनमा समेत सकृय भएको युवाहरुको भनाइ छ ।


आर्थिक अभावमा पढाई खर्च जुटाउन नपाएर पढौंकी नपढौंको दोधारमा परेका युवाहरुले पढाईसँगै केही वर्ष भित्रमै आफूहरु करोडौंको मालिक हुने सपना देख्न थालेका छन् । दुईसय दशजना युवाहरु शेयर सदस्य रहेको सहकारीले हालसम्म १६ लाख रुपैयाँ संकलन गरेको छ ।


संकलित रकमबाट गाई पालन बाख्रा पालन माहुरी पालन जडिबुटी खेती तरकारी खेती कुखुरा पालन माछा पालन र बंगुर पालन गरिने सहकारीका अध्यक्ष नारायण खनालले बताए । दुईसय दशजना शेयर सदस्य मध्येबाट ११ जनाको एउटा कार्य समिति बनेको छ । कार्य समितिका सदस्य र अन्य युवाहरुले आलोपालो गरी फर्ममा बसेर काम गर्ने गर्दछन् । समूहमा बसेर काम गर्दा निकै आनन्दको महसुस हुने गरेको उनीहरु  बताउँछन् ।

अन्य समाचारहरु