पाकिस्तान र अफ्गानिस्तानबीचको परिगमन व्यापार सम्झौता सम्पन्न

पाकिस्तानको बिज्नेस रिकर्डरका अनुसार, पाकिस्तानका वाणिज्यमन्त्री माखदूम अमिन फाहिम र अफ्गानिस्तानका वाणिज्यमन्त्री अन्वारुल हक अहादिले आज काबुलमा आफ्नो सरकारको तर्फबाट दुई देशबीचको परिगमन व्यापार सम्झौतामा औपचारिक हस्ताक्षर गरेका छन्।

                उक्त सम्झौताका अनुसार, अफ्गानिस्तानी ढुवानी गाडी प्रत्यक्ष रुपमा पाकिस्तानको वाकाह सीमा क्षेत्र र कराचिमा पुग्नसक्छ। साथै पाकिस्तानी ढुवानी गाडी पनि अफ्गानिस्तान हुन्दै इरान र टर्कि आदि मुलुकसम्म जान सक्नेछ।

                थाहा भएअनुसार, अफ्गानिस्तानी ढुवानी गाडीले पाकिस्तानी वाकाह सीमा क्षेत्र वा अरु बाटोबाट भारतको मालसामानलाई अफ्गानिस्तानसम्म ल्याउन पाउँदैन भन्ने उक्त सम्झौतामा रहेको छ। साथै अफ्गानिस्तानको मालसामान पाकिस्तान हुन्दै जाँदा जाँचबुझ सम्बन्धित प्रविधी जडित माल सामान ढुवानीको बाकसमा राख्नुपर्छ। तोर्खाम बन्दरगाहमा पुन जाँचबुझ गरिनेछ ।