भारतको राजधानी नयाँ दिल्लीको चाँदनीचोकस्थित एक भूमिगत पार्किङस्थल भत्कँदा दर्जनौं सवारी साधन पुरिएका छन्। भत्केको पार्किङ्गस्थलमा फसेका ९ जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्।
भत्केको पार्किङ्गस्थलमा केही मानिस लगायत दर्जनौं सवारी साधन पुरिएको आशंका गरिएको छ।
पार्किङ्गस्थलमा उद्धार कार्यलाई तीव्र बनाइएको छ। उद्धार कार्यको लागि भारयान्त्रिक उपकरणको प्रयोग गरिएको छ।