इरानद्बारा छवटा मुलुकसँग आणविक वार्ता पुनःशुरु हुन स्वीकार

इरानले अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनी गरी छ वटा मुलुकसँग विवादग्रस्त इरानको आणविक समस्यासम्बन्धी वार्ता पुनःशुरु हुन स्वीकार गरेको छ।

        इरानी सञ्चार-माध्यमबाट हिजो जनाइएअनुसार, आणविक समस्यासम्बन्धी इरानी प्रथम वार्ताकार साइद ज्यालिलिले कुटनीति तथा सुरक्षा नीतिसम्बन्धी यूरोपेली संघका उच्च प्रतिनिधि क्याथरिन अश्टोनलाई एक पत्र पठाई इरानले “छ वटा मुलुकले इरानसितको वार्तामा पुनःफर्केर आउने इच्छा लिएको” कुराप्रति स्वागत व्यक्त गरेको साथै आगामी नभेम्बर दश तारिखपछि दुई पक्षका लागि अनुकूल हुने समय र ठाउँमा छ वटा मुलुकसँग वार्ता पुनःशुरु हुने कुरा बताउनुभयो। तर श्री ज्यालिलिले पुनःवार्ताको आधार चालू वर्षको जुलाई छ तारिख आफूद्बारा श्री अश्टोजलाई पठाइएको पत्रमा उल्लेखित विषय हुनुपर्ने कुरामा जोड दिनुभयो।

         श्री अश्टोनले हिजो श्री ज्यालिलिको पत्र आफूले पाएको कुरालाई पुष्टि गर्नुका साथै सम्बन्धित पक्षले इरानसँग सम्पर्क गरी दुई पक्षद्बारा स्वीकार गर्नसकिने समय र ठाउँबारे छलफल गरिरहेको कुरा बताउनुभयो।