कर्ण जङ रायमाझी अर्घाखाँची डटकमको दक्षिण कोरिया ब्युरो प्रमुखमा नियुक्त

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीडटकम अनलाईन मिडिया हाउसले अर्घाखाँचीको सन्धिखर्क निवासी कर्ण जङरायमाझीलाई डटकमको दक्षिण कोरिया ब्युरो प्रमुखमा नियुक्ती गरेको छ । रायमाझीलाई २०६७ मंसिर १ गते देखी लागु हुने गरि प्रमुख ईन्चार्जमा नियुक्त गरेको डटकम मिडिया हाउसले जनाएको छ । 

 

डटकमको नेपालीहरु जुनजुन देशमा पुगेका छन तथा विश्वभर सन्जाल फैलाउने उद्देश्य अनुसार रायमाझीलाई दक्षिण कोरियाका साथै उतर कोरिया, चिन, हङकङ, ताईवान, जापान, मंगोलिया, मकाऊको जिम्मा दिएको डटकमका म्यानेजिङ डाईरेक्टर मेहर सिंह केसी र सम्पादक वीरेन्द्र केसीद्वारा सयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।  लामो सयमदेखी सामाजिक सेवामा कि्रयाशिल रायमाझी मिडियाप्रति लामो अनुभवका साथै हाल अर्घाखाँची कोरिया सम्पर्क मन्चको केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।

 

डटकमको तत्काल कोरियामा ब्युरो कार्यालय खुल्ने  र दैनिक कि्रयाकलाप सचालन हुनेछन । अब ती देशमा रहेका प्रवासी नेपालीहरुले अर्घाखाँची डटकममा आफना समाचार घरपविारलाई सन्देश र गतिविधि समावेश गर्न सक्नुका साथै देशका सम्पुर्ण समाचारहरु प्राथमिकताका साथ प्रकाशित हुनेछन । साथै ती देशमा रहेका प्रवासी नेपालीहरुलाई सुचनाको स्रोतको रुपमा अर्घाखाँची डटकम रहनेछ ।  नेपाल र विदेशमा रहेका प्रवासी नेपालीहरुको लोकपि्रय संचार मिडिया अर्घाखाँची डटकम केही सयममै अग्रेजी भाषामा समेत प्रकाशित हुदैछ ।

अन्य समाचारहरु