म्यान्मारका सैनिक शासकले प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीलाई रिहा गरेका छन् । सुरक्षाकर्मीले याङ्गुनस्थित घरमा कायम राखेको नजरवन्द हटाएको छ। नोबेल शान्ति पुरस्कार विजेता सू चीको पछिल्लो २१ वर्ष मध्य १५ वर्ष जेलमा वित्यो।
सू चीका वकिलले जनाए अनुसार राजनीतिक गतिविधिमा नियन्त्रण गर्ने कुनै पनि सर्तमा रिहा नहुने अडान उनले राखेकी थिइन। यसअघि छोटो समयका लागि रिहा हुँदा समेत उनको विभिन्न स्वतन्त्रतामाथि बन्देज लगाउने काम भएको थियो । सैनिक शासकले राजनीति छाड्नका लागि दवाव दिँदै आएका थिए।