तालिवान विद्रोहीहरुले पूर्वी अफ्गानिस्तानको जलालावाद सहरको विमानस्थल र सेनाको सुरक्षा जाँच केन्द्रमा आक्रमण

तालिवान विद्रोहीहरुले पूर्वी अफ्गानिस्तानको जलालावाद सहरको विमानस्थल र सेनाको सुरक्षा जाँच केन्द्रमा आक्रमण गरेका छन्।

 

सो क्षेत्रमा विष्फोटको आवाज सुनिएको र धुँवाको मुस्लो उडिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्। नेटो सेनाले उक्त घटनामा तालिवान विद्रोहीविरुद्धको जवाफी कारबाहीमा ८ जना विद्रोही मारिएको दाबी गरेको छ। मारिनेमा एक जना आत्मघाती आक्रमणकारी पनि रहेको बताइएको छ।

 

तालिवानले आक्रमणको लागि १४ जना आत्मघाती आक्रमणकारीलाई परिचालन गरिएको जनाएको छ। राजधानी काबुलमा आत्मघाती कार बम आक्रमण भएको १ दिनपछि नै पूर्वी अफ्गानिस्तानको जलालावाद सहरको विमानस्थल र सेनाको सुरक्षा जाँच केन्द्रमा आक्रमण भएको हो।