सोमालियाका सामुद्रिक लुटेराद्वारा एक वर्षभन्दा लामो समयदेखि बन्धक बनाएका बेलायती दम्पत्ति मुक्त

सोमालियाका सामुद्रिक लुटेराहरुले एक वर्षभन्दा लामो समय बन्धक बनाएको एक बेलायती दम्पत्तिलाई मुक्त गरेका छन्। ठूलो फिरौती रकम लिएर लुटेराहरुले दम्पत्तिलाई मुक्त गरेको बताइएको छ।

 

बेलायती दम्पत्ति पौल र राचेल चान्डलरलाई १३ महिनाअघि सोमालियाको तट क्षेत्र नजिकैको समुद्रमा अपहरण गरिएको थियो। दुवै जनालाई इथियोपियाको तट नजिकबाट मुक्त गरिएको अधिकारीहरुले बताएका छन्। दुवै स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।

 

चान्डलर दम्पत्तिलाई गत वर्षको अक्टोबर २३ का दिन आफ्नो आरामदायी डुंगामा तान्जानियातर्फ जाँदै गर्दा अपहरण गरिएको थियो। गोप्य  वार्तामा भएको सहमति अनुसार ३ लाख डलर फिरौती रकम लिएर चान्डलर दम्पत्तिलाई मुक्त गरेको बताइएको छ।