विश्वका विभिन्न क्षेत्रबाट आएका करिब तीस लाख मुसलमानहरु साउदी अरेबीयास्थित इस्लामिक धर्मको प्रसिद्ध शहर मक्काबाट सात किलोमिटर वाहिर रहेको मिना नामक ठाउँमा भेला भइ बसेका छन् । यसरी सन् 2010 मक्काको पुजा-आजा कार्यक्रम शुरु भएको छ।
इस्लामिक धर्मको नियम अनुसार, पूजा गर्ने मुसलमानहरु यस महिनाको चौध तारिख सो मिना नामक स्थलमा बस्ने भएका छन्।
उक्त पूजा-आजा कार्यक्रम सुरक्षित र सुव्यवस्थित रुपमा चलाउनका लागि साउदी अरेबियासित सम्बन्धित विभागहरुले यस वर्षमा मक्का शहर र नजीकै तीनवटा पुजा-आजा गर्ने क्षेत्रमा एक लाखभन्दा बढी प्रहरी तथा दश हजार भन्दा बढी चिकित्सक र सेवा उपलब्ध गराउने व्यक्तिहरुलाई बन्दोबस्त मिलाएका छन्। हालसम्म सो पूजा-आजा गर्ने कार्यक्रम सुव्यवस्थित रुपमा चलिरहेको समाचार छ।