फेरी नेपाली शान्ति सेनाका कारण हेइटीमा हैजा फैलिएको भन्दै हेइटीबासीद्वारा प्रदर्शन-भिडन्तहरु, नेपाली सेनाले मुलुक छाड्नू पर्ने माग


 

पोर्ट-अ-प्रिन्स –  संयुक्त राष्ट्रसंघले शान्ति स्थापनार्थ हेइटीमा तैनाथ नेपाली सेनाका कारण त्यहाँ हैजा नफैलिएको स्पष्ट पारेपनि फेरी हेइटीबासीले भने नेपाली शान्ति सेनाकै कारण हैजा फैलिएको दाबी गरेका छन्। हेइटीबासीले नेपाली सेनाले मुलुक छाड्नू पर्ने माग समेत राखेका छन्।

 

 प्रदर्शनकारी र शान्ति स्थापनार्थ हेइटीमा तैनाथ नेपाली सेनाबीच भिडन्तहरु भएका प्रात पछिल्लो समाचारमा जनाइएको छ।

 

केही सातादेखि फैलिएको हैजाका कारण हेइटीमा 9 सय भन्दा बढी मानिसको मृत्यु भैसकेको छ। हैजा फैलने क्रम जारी रहेको र हैजाका कारण मानिसको मृत्यु भैरहेको अवस्थामा हेइटीबासीहरुले मिरेबालाइस सहरमा नेपाली शान्ति सेना  विरुद्ध प्रदर्शन गरेका छन्। राष्ट्रसंघीय आधार क्षेत्रमा नेपाली शान्ति सेना विरुद्ध नाराबाजी भएको छ। 

 

हैजाका कारण विरामी भएका  14 हजार 6 सय जनालाई त्यहाँका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। हेइटीको हैजाका विषयमा नेपाली शान्ति सेनामाथि दोषारोपण गरिएपछि राष्ट्रसंघका अधिकारीहरुले अनुसन्धान गरेका थिए।

 

अनुसन्धानका क्रममा प्राप्त परिणाम अनुसार नेपाली सेनामाथि लगाइएको आरोप निराधार रहेको महासचिव वान कि मुनका प्रवक्ता मार्टिन नेसर्कीले  जनाएका छन्।

 

 Protesters march to the Nepal U.N. base in Mirebalais, ...