अमेरिकामा अध्ययन गर्ने जाने नेपालीहरूको संख्यामा गिरावट

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ एजुकेशनल एण्ड कल्चरल अफेयर्सको सहयोगमा आइआइई (Institute of International Education) ले प्रकाशन गरेको अन्तर्राष्ट्रिय शैक्षिक गतिशीलतासम्बन्धी ओपन डोर्स २०१०रु नामक वार्षिक प्रतिवेदन अनुसार उच्च शिक्षाको लागि अमेरिकी शैक्षिक संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्ना हुने संख्या सैक्षिक सत्र २००८/०९ को तुलनामा २००९/१० मा थोरै कम भई ११,५८१ बाट ११,२३३ पुगेको छ ।


अमेरिकामा अध्ययन गर्ने नेपालीहरूको संख्यामा केही अवधिसम्म भएको तीव्र बृद्धि पश्चात यो सानो गिरावट आएको छ । अमेरिकी उच्च शिक्षाका लागि विदेशी विद्यार्थीहरू पठाउने राष्ट्रहरू मध्ये नेपालले ११ औं स्थान कायम गरेको छ ।


यस वर्षको ओपन डोर्सरु प्रतिवेदन अनुसार शैक्षिक सत्र २००९/१० मा अमेरिकी कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कुल संख्या ३ प्रतिशतले बृद्धि भई जम्मा ६९०,९२३ पुगेको छ । यो अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हालसम्मकै सबैभन्दा ठूलो संख्या हो ।


यस वर्ष भएको बृद्धिको मुख्य कारक अमेरिकी विश्वविद्यालयहरूमा भर्ना हुने चिनियाँ विद्यार्थीहरूको संख्यामा भएको ३० प्रतिशत बृद्धि थियो जुन संख्या यस वर्ष करिब १२८,००० पुगेको थियो अर्थात कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्याको १८ प्रतिशत भन्दा बढी थियो । जसले गर्दा चीन विद्यार्थी पठाउने प्रमुख राष्ट्र बनेको छ ।


भारतबाट आउने विद्यार्थीहरूको संख्या २ प्रतिशतले बृद्धि भई करिब १०५,००० पुगेको छ । अमेरिकी उच्च शिक्षा हासिल गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा जम्मा १५ प्रतिशत विद्यार्थीहरू भारतका रहेका छन् ।


अमेरिकी डिग्रीसँग गाँसिएको उत्कर्षता र प्रतिष्ठाका कारण विदेश पढ्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि अमेरिका अझैं पनि पहिलो गन्तव्यस्थल रहेको छ । अर्को सहयोगी कारक भनेको नेपाली विद्यार्थीहरूको अमेरिका अध्ययनका बारेमा पूर्ण तथा सही जानकारीको विशाल पहुँच पनि हो । जुन नेपालमा रहेको अमेरिकी शैक्षिक प्रतिष्ठान-नेपालले प्रदान गर्दै आएको छ ।


गत सोमबार प्रतिष्ठानका सल्लाहकारहरूले अमेरिकी दूतावासद्वारा सञ्चालित वेब च्याटमा कलेजहरूमा कसरी आवेदन गर्ने, आर्थिक सहयोग कहाँ खोज्ने, र योग्यता निर्धारण परिक्षाहरूसम्बन्धमा सोधिएका प्रश्नहरूको उत्तर दिएका थिए । च्याटको ट्रान्स्क्रीप्ट अमेरिकी दूतावासको वेबसाइटमा उपलब्ध छ -http://nepal.usembassy.gov/webchat.html