भारतको राजधानी नयाँदिल्लीमा एउटा पाँचतले भवन भत्किँदा साठी जनाको मृत्यु भएको छ। अहिलेसम्म भवनको भग्नावशेषमा पुरिएका एक सय चौलिस जनाको जीवितै उद्धार गरिएको छ। पूर्वी दिल्लीको ल73मीनगर इलाकामा हिजो साँझ उक्त भवन भत्किएको थियो।
भवनको भुइँतलामा पानी जमेका कारण भवन भत्किएको प्रारम्भिक अनुसन्धानले जनाएको छ। भवनको भग्नावशेषमा अझै पनि सत्तरी जना पुरिएको आशंका गरिएको छ। सो घटनामा घाइते भएका सयां मानिसलाई उपचारका लागि दिल्लीका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। उद्धार कार्यमा सुरक्षाकर्मीलाई पनि परिचालन गरिएको र उद्धार कार्य तीव्र पारिएको छ। दिल्ली सरकारले सो भवन अवैध रुपले निर्माण गरिएको जनाउँदै निर्माणकार्यसँग सम्बन्धित व्यक्तिलाई कडा कारबाही गरिने जनाएको छ।
यसैबीच दिल्लीका मुख्यमन्त्री शिला दीक्षितले घटनाको छानबिन गरिने बताएकीछिन्। अमृत लाल नाम गरेको सो भवनका मालिक भने सोमबारदेखि नै फरार रहेको बताइएको छ।