तालिवानका नेता मुल्लाह ओमारले अफ्गानिस्तानमा विदेशी सेना रहेसम्म कुनै पनि हालतमा शान्ति वार्ता हुन नसक्ने बताएका छन्। ओमारले एक विज्ञप्ती जारी गर्दै अफ्गानिस्तानमा एक जना मात्र विदेशी सैनिकको उपस्थिति रहेसम्म पनि वार्ता प्रकृया शुरु हुन नसक्ने स्पष्ट पारेका हुन्।
उनले अफ्गानस्तानमा तैनाथ विदेशी सेनालाई शत्रुको संज्ञा दिएका छन्। ओमरका अनुसार अफ्गानिस्तानमा विदेशी सेनाले आधिपत्य जमाउन खोजेको बताइएको छ। ओमारले आफूहरुको राष्ट्रमा विदेशी सेनाले आधिपत्य जमाएको कोही पनि अफ्गान नागरिकले टुलुटुलु हेरिरहन नसक्ने भन्दै विदेशी सेनाविरुद्ध सवै अफ्गान नागरिक एकजूट हुनुपर्ने बताए।
हाल अफ्गानिस्तानमा १ लाख ५० हजारको संख्यामा विदेशी सैनिक तैनाथ छन्। अफ्गानिस्तानमा तैनाथ विदेशी सैनिकहरुको लागि सवैभन्दा ठूलो योगदान अमेरिकाको रहेको छ।