ठुलो एकादशी: एमाले अर्घाखाँचीद्वारा सदमुकाम सन्धिखर्कमा भव्य सास्कृतिक कार्यक्रम एवम सभा

सन्धिर्खक, अर्घाखाँची ( २०६७ म‌सिर १, बुधवार) – नेकपा एमाले अर्घाखाँचीले तिहारको अन्तिम दिन ठुलो एकादशीको अवसरमा सदरमुकाम सन्धिर्खकमा जनसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

 

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य घनश्याम भुसालले माओवादीलाई तह लगाउने नाममा विदेशीहरूलाई गुहार्न नहुने बताए ।

 

उनले जनआन्दोलनका शक्तिह७ एकजुट हुन नसक्दा मुलुकमा राजनैतिक अस्थिरता उत्पन भई संक्रमणकाल लम्बिएकोप्रति चिन्ता प्रकट गर्दै २००७ ०१७ र ०४७ बाट पाठ सिकेर जनआन्दोलन ०६२, ०६३ का समर्थक दलहरू एकजुट भई मुलुकमा राजनैतिक निकास निकाल्नु पर्नेमा जोड दिए ।

 

 

 

भुसालले एमाले समस्यामा पर्दाको घडीमा राष्ट पनि समस्यामा परेको बताउँदै एमालेले हार्दा राष्टले पनि हारेको दाबी गरे । नेपालमा हालसम्मका सरकार मध्ये ०५१ सालमा बनेको एमाले सरकारले मात्र जनताको पक्षमा काम गरेको उनको भनाइ थियो । एमालेको ०५१ सालको सरकार ढाल्ने प्रतिगामी षड्यन्त्रका कारण नै मुलकले ठूलाठूला समस्या व्यहोर्नु परेको स्मरण गराएका थिए ।

 

 

 

कार्यक्रममा मन्तव्य राख्दै एमाले केन्द्रीय लेखा आयोगका सदस्य विष्णु पन्थीले माओवादीको उग्र वामपन्थी सोच र नेपाली कांग्रेसको प्रतिगामी सोच मुलुकको अग्रगमन दीगो शान्ति संविधान निर्माण र विकासका लागि बाधक भएको बताउँदै प्राकृतिक साधन र स्रोतले सम्पन्न हुँदाहँुदै पनि राजनीतिक अस्थिरता निम्तिन गई मुलकमा प्रगतिको ढोका बन्द भएकोप्रति चिन्ता प्रकट गरेका थिए ।

 

साथै उक्त सभामा बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

 

 

 

एमाले जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेको अध्यक्षता सचिव दल बहादुर घसराईको सचालन र उपसचिव कुलदीप भुसालको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा जनसाँस्कृतिक महासंघका केन्द्रीय टोलीले रातभर रोचक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले माओवादी अध्यक्ष प्रचण्डको अभिनय गरी दर्शकलाई पेट मिचीमिची हँसाएका थिए ।

 

 

 

साथै उक्त कार्यक्रमको अर्घाखाँचीडट्कमले प्रत्क्षय प्रसारण भिडियो लाईभ गरेको थियो। सो भिडियो लाईभ कार्यक्रमको ७१,२११ जनाले प्रत्क्षय अर्घाखाँचीडट्कम मार्फत हेर्न पाएको अर्घाखाँचीडट्कमको प्राविधिक स्रोतले जनाएको छ।

 


 

 

यसैगरी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा ठुलो एकादशीको उपलक्ष्यमा ठुलो मेला लागेको थियो। यससम्बन्धी सम्पूर्ण समाचार एवम अन्य जिल्ला समाचारहरु तलको अडियोमा सुन्नुहोला । साथै थप फोटोहरु तस्बिर पेजमा गएर हेर्नुहोला ।

 





 

अडियो स्रोत: बिनोद गैरे, रेडियो अर्घाखाँची

 





यस सम्बधी भिडियोहरु: 

 


अन्य समाचारहरु