क्यारेबियन राष्ट्र हेइटीमा नेपाली शान्ति सेनाले हैजा फैलाएको आरोप लगाउँदै राष्ट्रसंघिय सेनाको उपस्थिति विरुद्ध प्रदर्शनका कारण सो क्षेत्र तनाबपुर्ण बनेको छ। तीन साता अघिदेखि फैलिएको हैजाका कारण हालसम्म एघार सय बढी मानिसको मृत्यु भइसकेको छ।
प्रदर्शनकारीले राष्ट्रसंघिय गाडी माथि ढुङ्ग मुढा गर्नुका साथै सडकमा टाँयर बाली अवरोध सिर्जना गरेका छन्। किशोरकिशोरी र युवाहरुको बाहुल्यता रहेको सो प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रसंघ फिर्ता जा लगायतका नारा लगाएको खबरमा जनाइएको छ। राष्ट्र संघिय शान्ति मिशन विरुद्ध स्थानियबासीले चार दिनदेखि निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन्। हैजाको महामारीमा शान्ति सेना जिम्मेवारी रहेको भनि लगाइएको आरोपको राष्ट्रसंघले ख48डन गर्दै आएको छ।
उत्तर हेइटीमा प्रदर्शनकारी र राष्ट्रसंघिय सेनाबीच भएको झडपमा दुइ जनाको मृत्यु भएको थियो। राजधानी पोर्ट ओ प्रिन्स विरोध प्रदर्शनका कारण तनावपुर्ण बन्दै गएको छ। भुकम्प प्रभावित अस्थायी शिविरमा राष्ट्रसंघिय सेनाले निगरानी गरिरहेको छ। भुकम्पका कारण विस्थापित भएका हजारौ मानिस चाम्प डे मार्स स्थित अस्थायी शिविरमा रहदै आएका छन्। गत जनवरीमा गएको महाभुकम्पको सबैभन्दा बढी मार राजधानी पोर्ट ओ प्रिन्समा परेको थियो। सवैभन्दा बढी विनाशकारी मानिएको महाभुकम्पका कारण दुइ लाख पचास हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।