राष्ट्रसंघीय महासचिव बान कि मुन अफगानमा हुने बैठकमा सहभागी हुने

संयुक्त राष्ट्र संघका महासचिव श्री बान कि मुन अफ्गानिस्तानमा हुने अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुन यसै सप्ताहान्तमा पोर्चुगलतर्फ लाग्नुहुने कुरा राष्ट्र संघको विज्ञप्तिमा गत बिहीबार जनाइएको छ।

          विज्ञप्तिमा जनाइएअनुसार, श्री बान कि मुनले अफगानमा हुने बैठकमा अफ्गानिस्तान तथा उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका उच्च नेताहरूसँग विविध विषयमा छलफल गर्नुहुने भएको छ।

           महासचिब श्री बान कि मुन यसै सिलसिलमा यसै सप्ताहान्तमा लिस्बन तथा पोर्चुगलको भ्रमण गर्नुहुनेछ।त्यसपछि उहाँ अफगानिस्तान गएर नेटोका सरकार प्रमुख तथा राष्ट्र प्रमुखसँग उच्चस्तरीय छलफल गर्नुहुने भएको छ।