श्रीलङ्काका राष्ट्रपति श्री माहिन्दा राजपक्क्षेद्वारा दोस्रो अवधिको लागि राष्ट्रपतिको पद तथा गोपनियताको सपथ ग्रहण शुक्रबार बिहान राजधानी कोलम्बोमा पर्ने राष्ट्रपतीय भवनमा गर्नुभएको छ।
चीनलगायतका केही मुलुकका केही दर्जनौँ व्यक्तिहरुले उक्त समारोहमा भाग लिएका छन्। श्री राजपाक्क्षेले सपथ ग्रहण गर्नुभएपछि आतिसबाजी गरिएको थियो। र उहाँले जल, स्थल तथा वायु गरी संयुक्त सेनाको निरीक्षण गर्नुका साथै देशका जनता एकताबद्ध भएर संयुक्त रुपमा देशको निर्माण र विकास गर्न आह्वान् गर्नुभयो।