कोलम्बियामा आएको बाढी र पहिरोमा परि कम्तीमा एक सय छत्तिस जनाको मृत्यु, बीस जना बेपत्ता, अठ्ठाईस प्रदेशमा संकटकालको घोषणा

दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामा भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा एक सय छत्तिस जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी दुई सय पाँच जना घाइते भएका छन्।

 

बाढी र पहिरोका कारण बीस जना हराइरहेका छन्। उता, राष्ट्रपति जुआन म्यानुएल शान्तोषले बाढी र पहिरोका कारण भएको विनाशलाई ध्यानमा राख्दै देशको बत्तिस प्रदेश मध्ये अठ्ठाईस प्रदेशमा संकटकालको घोषणा गरेका छन्। उनले पीडितलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको पनि जनाए।

 

बाढी र पहिरोका कारण व्यापारिक प्रतिष्ठानहरु बन्द हुन पुगेका छन् भने कृषि क्षेत्र पनि तहसनहस बनेको छ। मौसमविदहरुले आगामी २ सातासम्म कोलम्बियाको ठूलो क्षेत्रमा वर्षा हुने भविष्यबाणी गरेका छन्।