नेटोका सदस्य मुलुकहरुका राष्ट्रनायकब्दारा आगामी देश वर्षका लागि नेटोको विकसित कार्यक्रम अनुमोदन

नेटोका महा सचिव अन्देर्स फोग रास्मुस्सनले नेटोका अठाईस सदस्य मुलुकहरुका राष्ट्रानायकव्दारा सोही दिन आगामी दश वर्षभित्र नेटोलाई डोर्‍याउने विकसित कार्यक्रम वा नेटोको नयाँ रणनैतिक परिकल्पनालाई अनुमोदन गरिसकिएको घोषणा गर्नुभएको छ।

          नेटोको दुईदिने शिखर सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सुरु भएको छ। पहिलो दिनको सम्मेलन समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा श्री रास्मुस्सनले बोल्दै विभिन्न मुलुकहरुका नेतागणले नेटोको नयाँ रणनैतिक परिकल्पना अनुमोदन भएको बताउनुभएको छ। उहाँको भनाइअनुसार अनुमोदन गरिएको समय चाहिं ऐतिहासिक अवसर नै हो।

          उहाँले नेटोले अफगान युद्धबाट धेरै शिक्षा लिइसकेको र त्यसरी नै नेटोले विश्वव्यापी समझदारीहरुसितको सहयोगलाई सबल पार्ने र विशेष गरी रुससितको सहयोगलाई सबल पार्ने जनाउनुभयो।