अर्घाखाँचीको खनमा राजनितिक खिचातानीका कारण उच्च मावि कक्षा ११ बन्द

प्रेमनारायण आचार्य

-रेडियो देउराली- अर्घाखाँची डट्कम् सहयोगी

 

अर्घाखाँची ५ मसिर -अर्घाखाँचीको खन गाविसमा रहेको कालीका नेटा उच्च माविमा यस बर्ष देखि शुरु भएको उच्च माबिको कक्षा ११ बन्द भएको छ ।


स्थानीय स्तरमा राजनितिक दलहरुबिच खिचातानी बढेपछि यस बर्ष देखि शुरु भएको कक्षा ११ बन्द भएका हो । कक्षा ११ मा ३१ जना बिद्यार्थी भर्ना भएका थिए ।

शिक्षक नियुक्तिको बिषयलाई लिएर राजनितिकदलहरु बिच खिचातानी बढेपछि कक्षा ११ मा भर्ना भएका ३१ जना बिद्यार्थीले भर्ना हुदा बुझाएका कागजपत्र र भर्ना फी समेत फिर्ता लगेका छन् ।


  राजनितिक खिचातानीका कारण कक्षा ११ को पढाई १५ दिन बन्द रहेको र पढाई सुचारु गर्ने बिषयमा पटक पटक बिद्यालय ब्यबस्थापन समितिको बैठक र सर्बदलिय बैठक बस्दा समेत सहमति हुन नसकेपछि कक्षा ११ बन्द भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देबीराम खनालले बताउनु भयो ।
 
राजनितिक खिचातानीका कारण उच्च माबि बन्द हुदा समेत कसैले पहल नगरेकोमा स्थानीय बासिन्दा र शिक्षा प्रेमिहरु आक्रोसित भएका छन् ।

अन्य समाचारहरु