सन्धिखर्कमा कोशेलिघर संचालन,उद्यमी हर्षित

     प्रेमनारायण आचार्य

-अर्घाखाँची डट्कम् सहयोगी
       – रेडियो देउराली


अर्घाखाँची ५ मसिर – अर्घाखाँचीको सन्धिखर्कमा  जिल्लाका लघु  घरेलु तथा साना उद्योगका उद्यमीहरुको उत्थानको लागि कोशेली घरको स्थापना गरिएको छ । उद्यमीहरु हर्षित भएका छन् ।

संस्थागत रुपमा प्रर्वद्वनात्मक सेवाहरु उपलब्ध गराउने  छरिएर रहेका स-साना पुँजिबाट संचालित उद्योगको उत्पादन कोशुली घरको  माध्यमबाट एकत्रित गरि उपभोक्ता माँझ बिकि्र गर्ने बातावरण निर्माण गर्ने उदेश्यले कोशेली घरको स्थापना गरिएको हो ।


यसले घरेलु तथा साना उद्यमीहरुलाइ आवश्यक पर्ने कच्चा पदार्थ मेशिन औजार जिल्ला बाहिरबाट ल्याइ सदरमुकाममा उपलब्ध गराउने  उत्पादित सामान बिकि्र सम्वन्धमा बजार एवं खरिदकर्तासंगको सम्वन्ध बिस्तार गराउने  स्वदेशी तथा बिदेशी पर्यटकलाइ स्थानिय उत्पादनको बारेमा जानकारी गराइ सुलभ तरिकाबाट उपलब्ध गराउने काम गर्छ ।


जिल्लामा औद्योगिक जागरणको वातावरण श्रृजना गर्ने उदेश्यबाट हाल घरेलु तथा साना उद्योग बिकास समिति र जिल्ला बिकास समितिको कार्यालय अर्घाखाँचीको लगानीमा कोशेलीघर संचालन तथा सहयोग कोष स्थापना गरि २०६६ चैत्र महिना देखि कोशेलीघर संचालनमा ल्याइएको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत शिवशंकर बानियाँले बताउनु भयो ।
 
कोशेली घर स्थापना भएपछि उद्यमीहरु पनि अत्यन्तै अर्षित भएका छन् । उनीहरुलाई आफुले उत्पादन गरेका सामाग्रीहरु बजारमा बिकि्र गर्न लिएर जान नपर्ने र बजार नपाउने समस्यावाट छुटकारा पाएका छन् ।


अर्घाखाँचीका कच्चापदार्थ उपलब्ध  नहुनाले सहजरुपमा संचालन हुन नसकेका ढाका कपडा बुनाइ लगाएतका उद्योगहरु पुन संचालनमा आएका र उद्योगका उद्यमीहरु अत्यन्तै उत्साहित भएको कुरा घरेलु तथा साना उद्योग बिकास समिति अर्घाखाँचीका बरिष्ठ उद्योग अधिकृत शिवशंकर बानियाँले बताउनु हुन्छ ।

अन्य समाचारहरु