सत्य तथ्य समाचारलाई ध्यान दिनुपर्नेमा जोड

सन्धिखर्क, अर्घाखाँची –  नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष नीम बहादुर रिजालले समाचार लेख्दा सत्य तथ्य निष्पक्ष र सन्तुलित समाचारलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले पत्रकार आचार संहितालाई पालन गरेर काम गरे मात्र व्यावसायिक पत्रकारिता फस्टाउन सक्ने बताए ।


क्रीयटिभ  युथ सोसाईटीद्धारा सन्धिखर्कमा आयोजित एक हप्ते आधारभुत तथा रेडियो उदघोषण तालिमको उदघाटनको अवसरमा बोल्दै रिजालले राज्यले पत्रकारका समस्या प्रति ध्यान नदिएको बताए ।


कार्यक्रममा कान्तिपुर दैनिकका संवाददाता तथा अर्घाखाँची डटकमका सम्पादक वीरेन्द्र केसी महासंघका उपाध्यक्ष राम बहादुर चौहान रुरु एफएमका स्टेशन म्यानेजर युवराज बस्याल प्रेस युनियनका अध्यक्ष सुर्य प्रसाद भुसाल पत्रकार शोधाखर पंथी लगायतले तालिमको सफलताको सुभकामना दिएका थिए ।


कार्यक्रम सोसाईटीका संयोजक विजय दमासेको अध्यक्षता अर्जुन भुसालको साचालन र हरि प्रसाद भुसालको स्वागतमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । सात दिन सम्म सचालन हुने तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।

अन्य समाचारहरु