भारतले र्‌याडरले नभेट्टाउने सैनिक विमानको अनुसन्धान तथा उत्पादनमा दुई अर्ब अमेरिकी डलर छुट्याइने

भारतीय सञ्चार-माध्यमले हिजो जनाइएअनुसार, वायुसेनाको क्षमतालाई माथि उकास्नका लागि भारतले आगामी एक वर्षमा भारतद्बारा स्वयं निर्मित र्‌याडरले नभेट्टाउने सैनिक विमानको अनुसन्धान तथा उत्पादनमा दुई अर्ब अमेरिकी डलर छुट्याउने छ।

      भारतीय रक्षा मन्त्रालयअन्तर्गत वायुसेनाको विकास कार्यालयका अधिकारीकाअनुसार, भारतका वैज्ञानिक तथा प्राविधिक व्यक्तिहरुले भारतद्बारा स्वयं निर्मित र्‌याडरले नभेट्टाउने सैनिक विमानको अनुसन्धान तथा उत्पादन गर्न थालेका छन्। अहिले भारत सरकारले त्यसको लागि दुई करोड अमेरिकी डलर छुट्याइसकेको छ। भारतद्बारा स्वयं निर्मित र्‌याडरले नभेट्टाउने यस सैनिक विमान सन् 2017अघि पहिलो पटक परीक्षात्मक उडान गर्ने योजना गरिएको छ।