– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – बैकहरु शहर केन्द्रित र बढी नाफा मुखी भएकाले ऋण लिएर उद्योग व्यावसायमा लगानी गर्न समस्या भएको व्यावसायीहरुले माग गरेका छन । पछिल्लो पटक बैकले चर्काे ब्याज लिने गरेकाले उद्योग व्यावसायमा थप लगानी गर्न नसकिएको व्यावसायीको गुनासो छ ।
राष्ट्र बैक सिद्धार्थनगरका व्यवस्थापक र जिल्लाका उद्योग व्यावसायीहरु बीचको अन्तरकि्रया कार्यक्रममा व्यावसायीहरुले यस वर्ष देखी १४ प्रतिशत ब्याज अत्यन्तै महगो भएको बताएका छन । उनीहरुले सहुलियत दरमा ऋण पाउनुपर्ने माग गरेका छन । बैकले धनी व्यक्ति र गाडीमा बढी लगानी गरेकाले उद्योग व्यावसाय फस्टाउन नसकेको गुनासो व्यावसायीको छ ।
सन्धिखर्कका व्यापारी ऋषिराम खनालले बैकले साना व्यावसाय गर्नेलाई ऋण दिनुपर्ने बताए । बैकहरुले हलो देखी हाईड्रोसम्म लगानी गर्नुपर्छ उनले भने ठुला बढालाई मात्र ऋण दिने तर गाउँ किसानलाई व्यावसाय गर्न ऋण दिएर प्रतिफलको पनि अनुगमन गर्नुपर्नेमा जोड दिए । उनले किसानले हालो किन्नलाई ऋण मागेपनि दिनुपर्ने बताए ।
उद्योग वाणिज्य संघका सदस्य सिद्धि प्रसाद भुसालले बैकले ६ देखी १० प्रतिशत ब्याजमा ऋण दिनुपर्ने बताए । बैक बढी नाफामुखी भएकाले बैकमा भन्दा व्यक्तिसँगको ब्याज सस्तो हुने गरेको बताए । शहरमा पनि साना व्यावसाय गर्नेलाई सहुलियत दरमा ऋण प्रदान गरे उद्योग ब्यावसाय फस्टाउनको लागि ठुलो मद्दत हुने व्यावसायीको माग छ ।
उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राम्रो होटल व्यावसाय गर्नेलाई पनि ऋण दिनुपर्ने बताए । उनले गाडीमा मात्रै लगानी नगरेर साना उद्योग देखी पशुपालन माछापालन देखी तरकारी खेती गर्नेलाई सम्म ऋण दिनुपर्ने बताए । अब बैकले गाउँका अति विपन्नलाई पनि ऋण दिएर उनीहरुको आर्थिक उन्नतीको लागी केही व्यावयाय गर्नमा जोड दिनुपर्ने बताए । राष्ट्र बैकले जिल्लाको राष्ट्रिय वाणिज्य बैकलाई २० लाखसम्मको ऋण दिने अनुमती दिनुपर्ने माग गरे ।
सरकारले कृषि र पर्यटन देखी जल जंगल र जमिन लगायतको क्षेत्रमा ग्रामिण आर्थिक उन्नतीमा लागनी गरेको छैन । सरकारले स्थान छुटाएर कृषि क्षेत्रलाई बढी जोड दिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन । उद्योग वाणिज्य संघका सचिव नेत्र प्रसाद भुसालले मह उत्पादनमा नेपालकै दोस्रो जिल्ला अर्घाखाँची भएपपछि जिल्लाको दक्षिण क्षेत्रमा योजना बनाएर लगानी नगर्दा लोप हुने अवस्थामा रहेको बताए । जिल्लाको मथुराफाँट खिल्जी असुरकोटको दवाङ सिमलपानी लगायतका स्थानमा लागनी गरे जिल्लालाई खाद्यन पुग्ने अन्न उत्पादन हुने भएपनि खेतीयोग्य जमिन खेर गईरहेको बताए ।
आईएमई फाईनान्सका शाखा प्रबन्धक प्रदिप पंथीले किसान र व्यवासायीहरु ऋण माग गर्नै नआएको बताए । उनले सरकारी पुर्वाधार र कार्यक्रम नभएसम्म ग्रामिण भेगमा लागनी गर्न कठिनाई हुने बताए । उनले जिल्लामा कृषि पर्यटन सिचाई लद्यु जलविद्युत व्यवासायमा लगानी गर्ने प्रशस्त संभावनाहरु भएकाले राष्ट बैकले योजना बनाए संभव हुने बताए ।
राष्ट्र बैक भैरहवाका व्यवस्थापक डा. विष्णु प्रसाद गौतमले बैकहरु ग्रामिण क्षेत्रमा जानको लागि सहज वातावरण हुनुपर्ने बताए उनले विना धितो ऋण दिन सक्ने कृषि क्षेत्रमा पनि नाफा मुलक क्षेत्रमा लगानी गर्नको लागि केन्द्रमा माग गर्ने बताए । नेपाल कृष प्रधान देश भएपनि गाउँबाट शहर आउने किसानले तराई र बुटवलबाट आएको गोलभेडा बोकेर गाउँमा लैजाने चलन बढदो छ ।