आयरल्याण्डद्बारा प्रस्तुत गरिएको सहायता चाहना यूरोपेली संघद्बारा अनुमोदन गरिएकोः आयरल्यान्डका प्रधानमन्त्री

आयरल्याण्डका प्रधानमन्त्री ब्राएन कोवेनले हिजो राती एक मुष्ट बैकिङ सहायतासम्बन्धी आयरल्याण्डद्बारा यूरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई प्रस्तुत गरिएको चाहना यूरोपेली संघद्बारा अनुमोदन गरिएको कुरा बताउनुभयो।

      श्री कोवेन आयरल्याण्डका अर्थ मन्त्री ब्राएन लेनिहानसँग पत्रकार सम्मेलनमा उपस्थित हुँदै उक्त कुरा बताउनुभएको हो।

      अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक डोमिनिक स्ट्राउस काहनले हिजै एक वक्तव्य प्रकाशित गर्दै आयरल्याण्डले बैकिङ सहायताको दर्खास्त प्रस्तुत गरेको कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले धेरै वर्षसम्मको ऋणलगायतका तरिकामार्फत आयरल्याण्डलाई बैकिङ सहायता उपलब्ध गराउने कुरा बताउनुभयो।