दुइ शब्दको जाली प्रेम (कविता)


 

 

अम्बिका लिम्बु (आशिष)
हाँगुम-१ पाँचथर

 

दुइ शब्दको प्रेम
अनि अदृश्य प्रेम यसलाई
न त हेर्न सकिन्छ
न त सकिन्छ किन्नलाई
यो त आत्म भित्रको सुरिलो धुन हो
यसले सबैलाई आफुतिर आकर्षित गराउँछ
कुनै दुइ मुटुलाई एक गराउँछ
कसैलाई छुटाउँछ अनि फेरी रुवाउँछ
जब प्रेमले मान्छेलाई रुवाउँछ
अनि त्यसले कुलतमा फसाउँछ
फेरी आफै भन्ने गर्छ
तिमी त बिग्रिएको मान्छे
तिम्रो वरिपरी सराबको गन्ध आउँछ
तर फेरी यतिको आरोप सहेर पनि
म भने उनकै पछी पर्छु
तर उनी भने पर पर भाग्छिन
म उनको पुजा गर्छु
बदलामा मलाई घृणा गर्छ
अनि फेरी म उनलाई घृणा गर्दै
सराबको नजिक जान्छु
अब त त्यहीं सराबको बोतल नै
मेरो नजिकको साथी हुन्छ
उनको भन्दा
अब त बोतल कै ज्यादा मायाँ लाक्छ
हाम्रो यस्तो प्रेम बसेछ
जहाँ म हुन्छु त्यहीं बोतल हुन्छ
एक घुट्को प्युछु अनि बिन्दास रमाउंछु
सराब संगै हस्छु बोल्छु
मेरो बर्तमानको साहारा नै बोतल हो
फेरी मद्होसीमै एक पल्ट
प्रेमलाई नियाली हेर्छु
उसलाई पनि त्यस्तै पश्चतापमा
जलेको देख्छु ,म उसको सन्मुख जान्छु
अनि उ आफै भन्न शुरु गर्छ
न त म कसैको दिलमा अट्न सकें
न त कसैको घर परिवारमा
मेल मिलाप गर्न सकें
मैले फगत् कसैको जिन्दगीसंग
खेलबाड गरें
कसैको जीबन उजाड पारें
कसैको ज्यान लिन सम्म पछी परिन
सुन्नमा अति सुन्दर दुइ शब्दको प्रेम
कसैको प्रशंशा को प्रेम
कसैको घृणाको प्रेम
अनि दुइ आत्मलाई
मिलन बिछोड गराउँने
म नै हुँ दुइ शब्दको जाली प्रेम