क्याम्बोडियामा एक परम्परागत पर्व मनाउने क्रममा भएको भागदौडमा तीन सय पैतालिस जनाको मृत्यु, बिहीबार राष्ट्रिय शोकको घोषणा

क्याम्बोडियामा परम्परागत रुपमा मनाइने जल पर्वका क्रममा भागदौड मच्चिदा कम्तिमा तीन सय पैतालिस जनाको मृत्यु भएको छ। क्याम्बोडियाका प्रधानमन्त्री हून सेनले टेलिभिजनमा बोल्दै घटनामा अन्य सयौं मानिस घाइते भएको बताएका छन्। जलपर्वको अवसरमा स्थानिय समयअनुसार सोमबार बेलुकी क्याम्बोडियाको कोह पिच द्धिपमा परम्परागत डुंगा दौडको आयोजना भैरहेको बेला भागदौड मच्चिएको अधिकारीहरुले बताएका छन्।

 

जल पर्व क्याम्बोडियामा प्रत्येक वर्ष मनाउने गरिन्छ।

 

राष्ट्रपति हून सेनले बिहीवार राष्ट्रिय शोकको घोषणा गरेका छन्। सो दिन सवै सरकारी कार्यालयमा देशको झ48डा आधा झुकाइनेछ। भागदौडको बारेमा छानविन भइरहेको बुझएको छ। भागदौडमा घाइते भएका दर्जनौ मानिसहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।