श्रीलङ्काका राष्ट्रपति माहिन्दा राजपाक्क्षेद्वारा वार्षिक बजेट प्रस्तुत

श्रीलङ्काका राष्ट्रपति माहिन्दा राजपाक्क्षेद्वारा आर्थिक वर्ष 2011 का लागि वार्षिक बजेट प्रस्तुत गर्नुभयो।उहाँ मन्त्री परिषदमा अर्थमन्त्रीसमेत हुनुहुन्छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतीय पदको सपथ ग्रहण गरेको तीन दिनपछि उहाँले वार्षिक बजेट प्रस्तु गर्नुभएको हो।

      उहाँले देशको आन्तरिक द्वन्द्व समाप्त भएपछि अर्थात 2009 को मे महिनाको लिट्टेमाथिको विजयपछि पूर्ण बजेट ल्याउनुभएको हो।

      बजेटमा जनाइएअनुसार, श्रीलङ्काले कूल गार्हस्थ उत्पादनको 6.8 प्रतिशत रकम घाटा बजेटको रुपमा प्रस्तुत गरेको छ। साथै सम्पूर्ण बजेटमध्ये करिब 3 अर्ब 91 करोड अमेरिकी डलरबराबरको घाटाको बजेट प्रस्तुत गरिएको छ।

      श्री राजपाक्क्षेका अनुसार, उक्त रकमको घाटा-बजेट सार्बजनिक लगानीको उद्देश्यका लागि प्रस्तुत गरिएको हो।