बङ्गलादेशको मुख्य विपक्षी दल वा बङ्गलादेश राष्ट्रिय दलद्वारा देशभरका लागि नोभेम्बर 30 का लागि आमहड्तालको आह्वान् गरेको छ।गत सोमबार बेलुकी उक्त पार्टीका महासचिब खान्डकर देलवार हुसेनले दलको बैठकपछि यस्तो आह्वान् गर्नुभएको हो।
बङ्गलादेश राष्ट्रिय दलका संघीय सचिब श्री राहुल कबिरले बताउनुभए अनुसार, बङ्गलादेशको सरकारको अनियमितता र असफलताको पर्दाफास गर्नका लागि यस्तो हड्तालको आह्वान् गरिएको हो। त्यसका साथै उक्त दलकी अध्यक्ष श्रीमती बेगम खालिदा जियालाई नोभेम्बर 13 का दिन सरकारले क्यानटोनमेन्टबाट निष्कासन गरेको विरोधमा पनि उक्त आह्वान गरिएको बुझिएको छ।