आफनै पौरखी हातमा रमाउँदै अर्घाखाँची पणेनाका सिम्लेलीहरु

– वीरेन्द केसी                                                                                                                                                                                                                     

 

सिम्ले, अर्घाखाँची – अर्घाखाँची पणेनाको सिम्ले गाउँका चिराजीवी पौडेलका समकक्षी दौतरीहरु पैसा कमाउन कोही लाहुरे भए कोही विदेशिए केहीले गाउँ नै छाडे तर उनलाई पैसा कमाउन घर छाडेर कतै जानु परेन उनी आफनो गाउँ ठाउँमा पैसासँगै भिराला बारी र खर् यानमा सुन्तलासँगै अन्तरवाली प्रणालीमा रमाईरहेका छन । 

 

 

 

बाबुबाजेले घरमा खान र ईष्टमित्रकाहाँ पाहुर लैजानको लागि बारीको छेउमा लगाएका एक दुईवटा सुन्तलाका बोटलाई विस्तार गरेर कृषि व्यावसायमा शुरुवात देखी नै सफलता पाउँदै आएका छन । 

 

व्यावसायमा कर्मशिल बन्नेहरु समाजका उदाहरणीय बन्न सक्छन भन्ने कुराको उनीजस्तै ९ युवासहित ३ सय ५० घरका परिवारले चरितार्थ गरेका छन । २८ वर्षीय पौडेलले विदेशमा भन्दा आफनै माटोसँग हातहरु खेलाउँदै भिराला बारीमा लगाएका १२ सय सुन्तलाका बोटबाट वार्षिक २ लाख ५० हजार भन्दा बढी कमाई हुने बताउँदै भन्छन शुरुमा बारीका छेउभरी सुन्तला लगाएँ राम्रो आम्दानी भएपछि अन्न खेती गर्ने खेतबारी मासेर सुन्तला खेती गरेको छु । 

 

२० रोपनी जग्गमा फल्ने सुन्तलाका बोट भित्र काउली बन्दा आलु मुला सिमी लगायत मौसमी तथा बेमौसमी तरकारीबाट सुन्तला भन्दा दोब्बर कमाई हुने गरेको छ । उनीसँगै सिम्ले गाउँ नै सुन्तलामय बनेको छ । सबै गाउँले सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोत बनाएर रातदिन माटोसँग कुस्ती खेलिरहेका छन । आफनो पसिनालाई आफनै मातृभुमिको माटोमा चुहाईरहेर गाउँलाई नमुना बनाउन थालेका छन । 

 

 

 

आफना पैरखी हातहरुले गरेको कठिन परिश्रमलाई सरकारी क्षेत्रबाट वेवस्ता गरेपछि सबै गाउँले एउटै मन बनाएर सामुहिक रुपमा सुन्तला खेतीलाई विस्तार गरिरहेका छन । युवा किसान भोजराज पौडेलले बारीमा लगाएका चार सय बोटको आम्दानीबाट घर खर्च कटाएर वार्षिक ७० हजार बचत गरेका छन । त्यस्तै ३० वर्ष देखी सुन्तलाखेतीमा लागेका ४२ वर्षीय राम प्रसाद पौडेल देश विदेश विभिन्न ठाउँमा रोजीरोटीको अवसर मिलेपनि  कतै ध्यान दिएनन् आफनै ठाउँमा केही गर्न सकिन्छ भनेर निरन्तर किसानको काममा लागिरहे । आफनै घरपरिवारसँग काम गर्न मन पराउने पौडेलले पछिल्लो पटक अन्न उब्जानी गर्ने खेतबारीमा १५ सय सुन्तलाबाट बोट लगाएका छन । त्यही बोट भित्र पीडालु अदुवा देखी तरकारी खेती मौलाएको छ । यस पटक उनले भिरालो बारीमा ८० किलो लसुन लगाउँदै छन ।

 

भनिन्छ सदरमुकाममा बसेर गफ गर्दा अर्घाखाँचीको पणेनामा अलिअलि सुन्तला खेती नाम मात्रैको छ तर वास्तविकता सिम्ले गाउँका ती किसानले गरेको खेतीलाई हेर्दा नेपाल कृषि प्रधान देश भन्ने नारालाई  साँच्चै सिम्लेका किसानले सावित गराउन खोजेका छन । आफनै लगानीमा गरिएको सुन्तला खेतीलाई विस्तार गर्न प्राविधिक ज्ञान तालिम र बजार व्यवस्थापनको खाँचो छ युवा किसान रेवतीराज पौडेल भन्छन सरकारले कृषि सडक र यातायात सिचाई लगायतका समस्यालाई केही सहयोग गरिदिए थप उत्साह मिल्ने थियो । 

 

दुई वर्ष पहिले सुन्तला खेती हेर्न किसानको घरमा पुगेका अर्घाखाँचीका तत्कालिन प्रमुख जिल्ला अधिकारी भवानी प्रसाद पराजुलीको पहलमा खनिएको अन्तरिक कृषि सडक संकलन केन्द्र बजेट अभावमा अलपत्र परिरहेका छन । सडक खन्दा लागेको ७२ लाख मध्ये ६२ लाख खर्च जिविसले उपलब्ध नगराउँदा किसान ऋणमा चुर्लुम्म डुबेका छन । पराजुलीको सरुवा भएपछि किसानले गरेको खेतीलाई अनुगमन गरि केही सहयोग गर्न बारम्बार बोलाउँदा जिल्लामा आएका सिडिओएलडिओ एवं राजनीतिक दल लगायत मात्रै आएनन् कृषि विकास कार्यालयका प्रमुखले समेत किसानलाई वेवस्ता गरि केही सहयोग गरेनन किसान बुद्धिनाथ गौतम भन्छन सरकारी क्षेत्रबाट केही सहयोग भए सुन्तला खेती विस्तारमा प्रोत्साहन पुग्ने थियो । 

 
सुन्तला र अन्तरवाली प्रणालीबाट पणेना गाविससँगै कृषि प्रधान देश भन्ने नारालाई चरितार्थ गराउन कस्सिएका जोसिला र जाँगरिला सिम्मलेका किसान सरकारी सहयोगको  अपेक्षमा छन । २०२७ सालमा भारतमा नोकरी छाडेर सुन्तला खेतीमा लागेका हुमानाथ पौडेल एक गाविस एक दक्ष प्राविधिक राखेर अरु क्षेत्रलाई भन्दा कृषिलाई बढी जोड दिए सुन्तला खेतीलाई नेपालकै अग्रणी स्थानमा पर् ुयाउन सक्ने सपना देख्छन । सिम्ले गाउँमा उत्पादन भएको सुन्तला अर्घाखाँचीको आन्तरिक बजार र पाल्पाको तानसेन बुटवल लगायतका स्थानमा निकासी हुने गरेको पोखराथोक कृषि सेवा केन्द्रका प्राविधिक दधिराम गौतमले बताए । 

 

सुन्तलाबाट मात्रै सिम्ले र पणेना गाविसमा वार्षिक २ करोड रुपैयाँ गाउँमा भित्रिने गरेको अनुमान किसानको छ । किसानको प्रयासमा मात्रै उत्पादन भएको सुन्तला खेतीलाई कसैले प्राविधिक र अन्यमा सहयोग गरे उत्पादनलाई पश्चिमााचलकै उत्कृष्ठ क्षेत्र बनाउन सक्ने किसानले सपना देखेको पोखराथोकका स्थानीय समाजसेवी युवा राम प्रसाद भटराईको भनाई छ ।

अन्य समाचारहरु