मानिस हामी किन स्वार्थी बन्छौ


-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा  कतार

 

————————————-
छल कपट गरी आफ्नै आफन्तलाई

के  गर्छौ फजुल धन सम्पती कमाई 
सोच्दै नौ  को  आफ्नो  को  पराई
आखिर  के पाउँछौ  अरुलाई रुबाई
********     ********        ********
महान बन्दैन मानिस अरुलाई  दुख दिई
क्षणिक  आनन्द  मिल्छ पल  भर रजाई
बाध्य  नबनाउ  जिउन  बिच ल्ली  बनाई
घृणाको पात्र बन्नेछौ आसुँको घुट्का पिई
********       ***********      *********
मानिस हामी जन्मदा नाङ्गो जन्मिन्छौ
मर्दा पनी नाङ्गो शरीर  लिएर  जान्छौ 
फरक  यती मात्र  छ मर्दा कात्रो पाउँछौ
फेरी  मानिस हामी किन स्वार्थी  बन्छौ    
*********     ***********      *********
स्वार्थी बन्यौ भने पाउनेछौ गाली र श्राप
बनाउँ  स्वच्छ  मन फालेर  रिस  र राग
मानिस,मानिस एउटै  हौ नगरौ भेदभाब
निर्माण गर्नुछ भविष्यमा सुन्दर समाज