श्रीलङ्कामा भएको आन्तरिक द्वन्द्वबाट बिस्थापितहरूको सङ्ख्यामा कमी

श्रीलङ्कामा भएको आन्तरिक द्वन्द्वबाट बिस्थापितहरूको सङ्ख्यामा कमी आएको कुरा त्यहाँको सञ्चार माध्यमले जनाएका छन्।श्रीलङ्काको आन्तरिक द्वन्द्वबाट 18 महिनाअघि भएको विस्थापितहरूको सङ्ख्या करिब 3 लाख रहेकोमा हाल सोमध्ये 17 हजारजतिलाई पुनर्बास गराइसकेको जानकारी सरकारी उच्च अधिकारीले गत मङ्गलबार दिएका छन्।

      श्रीलङ्काका पुनर्बास मन्त्रालयका सचिब श्री एम बी दीशा नायकले सञ्चार माध्यमहरूलाई दिनुभएको जानकारीअनुसार, सो सङ्ख्यमध्ये 15,676 जनालाई भाबुनियाको कल्याणकारी क्याम्पमा सारिएको र 1,158 जना बिस्थापितलाई उत्तरी राजधानी जाफ्नामा सारिएको छ।

      उहाँका अनुसार, भाबुनियाका चार जिल्लामा रहेका मेनिक फारम कल्याणकारी गाउँमा अझ केही स्थानहरू रहेका छन्।