रुस सरकारले गत मङ्गलबार एक सहमतिमा हस्ताक्षर गर्दै नेटोलाई आफ्नो भूमि भएर अफ्गानका लागि सामान ओसार-पसार गर्न सहमति जनाएको छ। नेटोका सेनाका लागि चाहिने प्रवन्धका सामानहरू निर्बाध रुपमा उक्त देश भएर लान ल्याउन सकिने भएको छ।
नयाँ सहमतिअनुसार, रुसले नेटोका सेनाको लागि आवश्यक सैनिक गाडीहरू तथा अन्य सामानहरू युरोप तथा मध्य एशिया तथा रूसका कतिपय भागबाट अफ्गानसम्म लान र ल्याउन सकिने भएको छ।
लिस्बनमा भएको 28 सदस्यीय दुईदिने संयुक्त सैनिक बैठकबाट उक्त सहमति प्राप्त भएको हो।