गणतन्त्र कोरिया र अमेरिकाद्बारा कोरियाली प्रायद्बिपको पश्चिमी समुद्री क्षेत्रमा संयुक्त सैनिक अभ्यास

Thick smoke billows from South Korean Yeonpyeong island near the border with North Korea.

 

गणतन्त्र कोरियाको रक्षा मन्त्रालय र गणतन्त्र कोरियाका लागि अमेरिकाको हेडक्वाटर्सले आज दक्षिण कोरिया र अमेरिकाले नोभेम्बर 28 तारिखदेखि कोरियाली प्रायद्बिपको पश्चिमी समुद्री क्षेत्रमा चार दिने संयुक्त सैनिक अभ्यास गर्ने र अमेरिकाको “यू.एस.एस. जर्ज वाशिङटन”नामक विमान बाहक हवाईजहाज उक्त सैनिक अभ्यासमा प्रयोग गर्ने कुरा जनाएका छन्।

      दक्षिण कोरियाको रक्षा मन्त्रालय र दक्षिण कोरियाका लागि अमेरिकाको हेडक्वाटर्सले आजै प्रेस सूचना जारी गरि दक्षिण कोरिया र उत्तर कोरियाबीच हिजो भएको भिडन्त अघि नै यस पल्टको सैनिक अभ्यासको आयोजनाबारेको छलफल पूरा भइसकेतापनि उक्त सैनिक अभ्यासको आयोजनाबाट दक्षिण कोरिया र अमेरिकाबीचको सैनिक संगातीको शक्ति र दुई मुलुकले क्षेत्रीय सुरक्षाको संरक्षण गर्ने संकल्प प्रतिविम्वित भएको कुरा बताएका छन्।