दक्षिण कोरियाले अनावश्यक सैनिक गतिविधी जारी राखे अर्को आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी, सोलले विवादित क्षेत्रमा सैनिक तैनाथी बढाउने


 

दक्षिण कोरियाल सैनिक उत्तेजना कायमै राखेमा थप आक्रमण गर्ने उत्तर कोरियाको चेतावनीपछि दक्षिण कोरियाले नयाँ सुरक्षा कदमहरु च्ाालेको छ।

 

दक्षिण कोरियाली राष्ट्रपति लि मयुङ वाकले सुरक्षा सल्लाहाकारसँग पछिल्लो अवस्थाको आर्थिक तथा सुरक्षा प्रभावका विषयमा आपत्कालिन बैठक बोलाएका छन्। नयाँ तनावलाई ध्यानमा राख्दै तनावग्रस्त क्षेत्रमा सैनिक तैनाथी बढाउने आदेश पनि राष्ट्रपति मयुङ बाकले दिएका छन्।

 

उत्तर कोरियाको राष्ट्रिय टेलिभिजनले सैनिक श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाका युद्ध पिपासुहरुले नचाहिने सैनिक उत्तेजना जारी राखेमा उ विरुद्ध दोश्रो र तेश्रो चरणको आक्रमण गर्न पनि नहिच्किचाउने खबर प्रसारण गरेको छ। दुई देशको विवादित योङपियोङ्ग टापुमा दुई देशका सेनाबीच मंगलबार गोलाबारी भएपछि दक्षिण कोरिया तर्फ दुई जना सेना र दुई जना गैरसैनिक नागरिक मारिएका थिए।

 

 

दक्षिण कोरियामाथि उत्तर कोरियाले गरेको गोलावारीको अमेरिकाद्वारा भत्सर्ना, आक्रमण गम्भीर रहेको राष्ट्रपति ओबामाको प्रतिक्रिया

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले  दक्षिण कोरियाको एक द्वीपमा उत्तर कोरियाले गरेको गोलीबारीको निन्दा गर्दै अमेरिकाले दक्षिण कोरियाको रक्षा गर्ने बताएका छन्। एबीसी न्यूजसँगको अन्तरवार्तामा ओबामाले उत्तर कोरियाले गरेको आक्रमण अत्यन्तै गम्भीर र धम्कीपूर्ण रहेको बताएका छन्।

 

उनले उत्तर कोरियाले पुनः यस प्रकारको आक्रमण दोहोर्‍याएमा चुप लागेर नबस्ने चेतावनी पनि दिए। ओबामाले दक्षिण कोरिया अमेरिकाको मित्र राष्ट्र भएको बताउँदै कोरियाली प्रायद्वीपको पछिल्लो घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहेको बताए।

 

उनले गोलीबारीका कारण कोरियाली प्रायद्वीपमा बढेको तनावलाई लिएर चिन्ता पनि प्रकट गरेका छन्। मंगलवार उत्तर र दक्षिण कोरियाबीच १ घ48टासम्म चलेको गोलीबारीमा दक्षिण कोरियाका २ सैनिकको मृत्यु भएको थियो  भने १५ सैनिक सहित ५० जना घाइते भएका थिए। उक्त घटनापछि दुवै कोरियाले आफ्नो सेना र सामरिक हतियार एक अर्काप्रति तेर्स्याएर बसेको बताइएको छ।