ब्राजिलको रिओ द जेनेरिओमा प्रहरी र आपाराधिक समूहबीच भीडन्त, चौध जनाको मृत्यु

ब्राजिलको रिओ द जेनेरिओ सहरमा प्रहरी र आपराधिक समूहबीचको भिडन्तमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। प्रहरीले आपराधिक समूहविरुद्ध गरेको कारबाहीका क्रममा सो भिडन्त भएको हो।

 

प्रहरीले रिओ द जेनेरिओमा आपराधिक समूहविरुद्धको अभियानलाई चौथो दिन पनि जारी राखेको छ। कारबाही अभियान सुरु भएपछि रिओ सहर तनावपूर्ण बन्दै आएको छ। अघिल्ला दिन शान्ति पूर्ण रहेपनि पछिल्लो दिनमा हिंसा भड्केको बताइएको छ। अत्याधुनिक हतियारले सुसज्जित आपराधिक समुूहका सदस्यहरुले सहरमा बस र कारलाई रोक्दै आगो लगाउने क्रम बढेपछि सहरको सुरक्षा अव्स्था चिन्ताजनक बनेको बताइएको छ।

 

प्रहरीका अनुसार रिओ सहरमा मुख्य रुपमा लागू पदार्थ तस्करहरुको पनि चलखेल रहेको छ। उनीहरुले प्रहरीमाथि पनि आक्रमण गरेका छन्। तस्करहरुको आक्रमणका कारण २ जना प्रहरी घाइते भएको बताइएको छ। प्रहरी र आपराधिक समुहबीचको भिडन्तमा  सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ।