भारतको आर्थिक राजधानी मानिने मुम्बइमा आतंकवादी आक्रमण भएको आज दुइ वर्ष पुगेको छ। आतंकवादी आक्रमण भएको स्मरणमा गरिने विभन्न स्मृति समारोहलाई ध्यानमा राखेर भारतको सुरक्षा सर्तकता बढाइएको भारतीय संचारमाध्यमले जनाएका छन्।
आतंकवादी हमला भएकाले दुइ बर्ष पुगेको सन्दर्भमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भारतीय जनताका संकल्प र संयम आतंकवादीको बम र बन्दूक भन्दा पनि ज्यादै शक्तिशाली हुने प्रतिकृया दिएकी छिन्। मुम्बईको प्रशिद्ध होटल ताजमा भएको आतंकवादी आक्रमणमा एक सय छैसठ्ठी जना मारिएका थिए। मारिने मध्ये छ जना अमेरिकी नागरिक समेत रहेको थिए।
विदेशमन्त्री क्लिटनले सो समय यता भारत र अमेरिका आतंकवाद विरोधी अभियानमा एक साथ रहेको बताउँदै आतंकवादी आक्रमणमा ज्यान गुमाउने र पिडित परिवारजन प्रति अमेरिकाको सम्मान र सहाउनुभुति रहेको बताइन्। यसैबीच दक्षिण एशिया मामलाका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ब्लेकले मुम्बइ आक्रमणका दोषीलाई जतिसक्दो छिटो सजाय दिनु पाकिस्तानको कर्तब्य र दायित्व भएको बताएका छन्।