– बिनोद गैरे
अर्घाखाँचीको अर्घा गाविसमा भ्यूटावर निर्माण भएपछि हेर्न जानेको घुईचो लागेको छ । अर्घाको घोलासी डाडाँमा रहेको सो टावर हेर्न जानेको घुइचो लाग्ने गरेको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अर्घा भगबतीको मन्दिरदरवार र घोरलासी लेकमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।
समुन्द्रि सतह देखि १९ सय ७० मिटरको उचाईमा रहेको भ्यू टावर पर्यटन मन्त्रालयको ७ लाख र स्थानीय बासिन्दाको करिव ५ लाखको लगानीमा निर्माण कार्य सम्र्पन भएको निर्माण समितिका अध्यक्ष रामबहादुर रायमाझीले जानाकारी दिए ।
अर्घाखाँचीको अर्घा गाविसको घोरलासीको लेकमा राखिएको भ्युटावरवाट उत्तरमा हिम श्रृंगखला दक्षिणमा तराईको समथर भुभाग,भारतको गोरखपुर, तथा नेपालका पूर्ब -पश्चिममा रहेका १० भन्दा बढि जिल्लामा देख्न पाईन्छ ।
Copyright