भारतको दिल्लीतिर जाँदै गरेका अर्घाखांची ढाकाबाङ गाविसकी १८ वर्षीय अविवाहित युवती र दुई पुरुषलाई आशन्कामा शान्ति पुनर्स्थापना गृह कृष्णनगरले नियन्त्रणमा लिएको छ ।
तर अहिले सम्म ति तीन जनाको स्थायी घर ठेगाना अर्घाखांची ढाकाबाङ गाविस भएको बताइए पनि नाम भने खुलाइएको छैन ।
त्यसैगरी अर्को प्राप्त समाचार अनुसार धन कमाउने प्रलोभन देखाएर विदेश पठाउने बहानामा भारतको मुम्बई लैजाने क्रममा शान्ति पुनर्स्थापना गृह (पी.आर.सी.) कृष्णनगरले नेपाल भारत सीमावर्ती क्षेत्रबाट ६ युवतीको उद्धार गरेको छ ।
युथ ओभरसिज सिनामंगल काठमाडौंले नेपाली युवतीलाई कुवेत र साउदीमा राम्रो काम लगाइदिने प्रलोभन देखाई सस्तो भाडामा छिटोछरितो मुम्बईबाट उडान गर्ने भनी एक युवकले ६ जना युवतीलाई भारततिर लैजाँदै गर्दा मानव सेवा संस्थान भारतको सहयोगमा पुनर्स्थापना गृह कृष्णनगरले पक्राउ गरेको हो ।
युवतीहरुले मोटो रकम कमाउने प्रलोभन देखाएर आफूहरुलाई विदेशतिर जान लागेको बताएका समाचारमा उल्लेख गरिएको छ ।
Copyright � 2010 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten, or redistributed.