मेरा जिन्दगीका पानाहरु


-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाली
हाल दोहा कतार
—————————-
मेरा जिन्दगीका पानाहरु
किन आज अधुरै अधुरो
चैत मासको खडेरीमा पनी
किन घाम लाग्छ मधुरो
*****   *******   *****
तुवाँलो भित्र रुमालियछ जीन्दगी
जता कतै फैलिएछ् तुवाँलो 
आकाश जस्तै स्वच्छ थियो यो मन
आज कसले बनाई दियो धमिलो
*******    *******     *******
बादलले  चन्द्रमा छेके जस्तै
म हिडने बाटोमा लागेछ कुहिरो
कस्तो  अभागी  कर्म  मेरो
जहाँ टेक्यो उहीं जान्छ पहिरो
******    *******     *****
सगर भित्र मोति खोज्न पुगे
सगर झन धेरै रहेछ गहिरो
म जलेर खरानी भए आगोमा
सूर्यलाई छुन खोज्ने गल्ती नै हो मेरो