दक्षिण कोरियाले मंगलवार उत्तर कोरियाको आक्रमणमा मारिएका आफ्ना २ सैनिकप्रति श्रद्धान्जली अर्पण गरेको छ। मारिने सैनिकको नाम क्रमश सेओ जेओङ्ग वू र मून क्याङ्ग वूक रहेको छ।
उनीहरुको शव राजधानी सिओल नजिकैको सेओङ्गनाम स्थित सैनिक अस्पतालमा राखिएको छ। श्रद्धान्जली सभामा सयौ नेता एवं सरकारी अधिकारी, सैनिक जवान र सैनिक अधिकारी, धार्मिक नेताहरु, अधिकारकर्मीहरु र सर्वसाधारणको सहभागिता रहेको। दक्षिण कोरियाको सरकारी टेलिभिजनले श्रद्धान्जली सभाको प्रत्यक्ष प्रसारण गरिरहेको छ। मंगलवारको आक्रमणमा २ सैनिक र २ सर्वसाधारणसहित दक्षिण कोरियाका ४ नागरिकको मृत्यु भएको थियो।
उता आइतवारदेखि दक्षिण कोरिया र अमेरिकाले कोरियाली प्रायद्धिपमा संयुक्त सैनिक अभ्यास गर्ने भएपछि दुवै कोरियाविचको सम्बन्ध अत्यन्तै तनावपूर्ण बनेको छ। यसैविच चीनले कोरियाली प्रायद्धिपको तनाव कम गर्ने दिशामा चीनले वाशिंगटन, सिओल र प्योङ्गयाङ्गसँग चरणबद्ध वार्ताको शुरुआत गरिसकेको छ।