विगत छ दिनदेखि ब्रजिलको रिओ द जेनेरिओ सहरमा जारी आपाराधिक समूह र सुरक्षाकर्मीबीचको भिडन्तमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ।
गत आइतबार प्रहरीले रिओ सहरमा आपराधिक समूहलाई परास्त गर्न विशेष अभियान संचालनमा ल्याएको थियो। प्रहरीले अभियान संचालन गरेयता रिओ सहर तनावपूर्ण बन्दै आएको छ। अभियानको पछिल्लो समयमा आपराधिक समूहले सुरक्षाकर्मीमाथि प्रत्याक्रमण गरेपछि हिंसा भड्किएको हो।
अहिलेसम्म प्रहरीले कम्तीमा १सय८० जनालाई गिरफ्तार गरिएको जनाएको छ। रिओको विपन्न समुदायको बसोबास रहेको उपनगरीय क्षेत्रमा आपराधिक समूहको चलखेल रहेको थाहा पाएपछि सुरक्षाकर्मीले ती क्षेत्रमा आफ्नो अभियान सशक्त बनाएको बताइएको छ। अभियानमा हजारौंको संख्यामा सुरक्षाकर्मीलाई अत्याधुनिक हतियारसहित परिचालन गरिएको छ।